जल/वातावरण

आइतबार थपिए ९ सय ८० संक्रमित : कुल संख्या ४६ हजार २ सय ५७

नेपालमा आइतबार ९ सय ८० जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट २ सय ९० महिला र ६ सय ९० जना पुरुष सङ्क्रमित पाइएको हो ।

त्यसै गरी हाल १७ हजार २७ जनामा कोभिड–१९ का सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा १० हजार २८२ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । संस्थागत आइसोलेसनमा नौहजार २०१ र होम आइसोलेसनमा सातहजार ८२६ रहेका छन् ।

मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा एकहजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित कोभिड–१९ बाट मुक्त भएसँगै निको हुन दर ६३ प्रतिशत पुगेको छ ।

हालसम्म २८ हजार ९४१ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् । क्वारेन्टिनमा चार हजार सातसय तीनजना सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.