जन सरोकार

२६ किलो अफिमसहित पाँचजना पक्राउ

जाजरकोटको नलगाड नगरपालिका २ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ३ बस्ने ४२ वर्षीय मन बहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका ५ बस्ने ५५ वर्षीय हरिचन्द्र डाँगी रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी उनीहरुलाई जाँच गर्ने क्रममा उक्त अफिम सहित फेला पारी पक्राउ गरेको हो ।

यसै गरी रुकुमको आठबिसकोट नगरपालिका ५ जलिगार्डबाट १६ किलो अवैध लागूऔषध अफिम सहित जाजरकोट नलगार्ड नगरपालिका ९ बस्ने ३७ वर्षीय प्रेम बहादुर सिंह लगायत ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्यूरो र जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)बाट खटिएको प्रहरीले उक्त अफिम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.