राजनीति

कास्कीका वडाध्यक्षहरूका लागि प्रशिक्षण

कास्की जिल्लाका पालिकाका वडा अध्यक्षहरुका लागि संवैधानिक र कानुनी अधिकार, जिम्मेवारी तथा योजना निर्माण सम्बन्धमा प्रशिक्षण सुरु गरिएको छ ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजना तथा जिल्ला समन्वय समिती कास्कीको समन्वयमा कास्कीका वडा अध्यक्षहरुको लागि दुई दिने तालिम सोमबारदेखि पोखरामा शुरु भएको हो ।

जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमको उद्घाटन गर्दै तालिमले जनप्रतिनिधिहरूलाई सिक्ने र सिकाउने अवसर प्रदान गर्नुका साथै जनताका काम छिटो, छरितो र विधिसम्मत तरिकाले सम्पन्न गर्न सहयोगका साथै विकास र समृद्धिका निम्ति आवश्यक दक्षता बढाउन पनि सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

तालिम अन्तर्गत २० र २१ गते पोखरा महानगरका वडा अध्यक्षहरू तथा २२ र २३ गते गाउँपालिकाका वडा अध्यक्षहरूको सहभागिता रहने कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.