राजनीति

कांग्रेस ८०, माओवादी, ६० र समाजवादी २५ सिटको हाराहारीमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बुधबारसम्म सिटको बाँडफाँट टुंगिने बताउँदै दलहरुबीच कांग्रेस ८०, माओवादी, ६० र समाजवादी २५ सिटको हाराहारीमा सहमति हुने बताउनुभएको छ ।

मंगलबार प्रेस सेन्टर, नेपालले धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले शीर्ष नेताहरू बसेर भोलि सिट बाँडफाँटलाई अन्तिम टुङ्गोमा लगाउने बताउँदै सो कुराको जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा प्रचण्डले भन्नुभयो नेपाली कांग्रेसले प्रतिनिधिसभामा १०० सिट मागे पनि ८० को वरिपरि र माओवादी केन्द्रले ६० सिटको दाबी गरेअनुसार वरिपरिमै सिट मिल्ने आफूले विश्वास गरेको उहाँले बताउनुभयो ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी)र जनता समाजवादी पार्टीले २५ र २५ वटा सिट दाबी गरे पनि सबैलाई मिलाइने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.