राजनीति

प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्षको शिष्टाचार भेट

रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीयस्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ ।

सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री देउवासँग प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

यसअघि उहाँले आज शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नु भई उक्त कलेजको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो ।

भ्रमणकै क्रममा उहाँले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतसँग अन्तक्र्रिया गर्नुभएको थियो ।

जनरल पाण्डेले बुधबार मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्नु भई पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेर्डक्वाटरको भ्रमण गर्नुहुने कार्यक्रम छ ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार नेपालको औपचारिक भ्रमणमा रहनुभएका सोमबार जनरल पाण्डेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.