राजनीति

भाषा आयोगको प्रतिवेदन : नेपाली भाषासहित सबै मातृभाषा राष्ट्रिय भाषा

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले आयोगको छैटौँ प्रतिवेदन बुझाउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले भाषा आयोग ऐन, २०७४ बमोजिम सो आयोगबाट आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिवेदन पेश गर्नुभएपछि अध्यक्ष अवस्थीले प्रतिवेदनमा नेपाली भाषासहित सबै मातृभाषा राष्ट्रिय भाषा भएको कुरालाई उल्लेख गरिएको जानकारी दिनुभयो ।

प्रदेशलाई सरकारी कामकाजको भाषा प्रयोग गर्न अयोगले ११ भाषा सिफारिस गरेको छ। यसरी सिफारिस भएका भाषालाई संघले पनि संघीय आवद्धता दिनुपर्ने र सम्मान गर्नुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा आयोगका पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो । नेपालको संविधानबमोजिम गठित सो आयोगले सरकारी कामकाजका लागि प्रादेशिक भाषाबारे यसअघि नै सिफारिस गरिसकेको छ ।

मातृभाषाको संरक्षण, नेपालमा बोलिने भाषाको ब्याकरण लेखन, अभिलेखनलगायत कार्य आयोगले गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.