मृतकको किड्नी, आँखा, कलेजो बेच्छन् भन्दै भ्रम छर्नेको वास्तविकता बाहिरियो

केही दिनअघि आम जनजीवनलाई त्रसित पार्ने गरी कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको किड्नी, कलेजो र आँखा झिकर विक्री गरिरहेका छन् भन्दै अन्तरवार्ता दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
एक युटुब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको छ । कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले माङमुङ्ग्री लिएर सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्दै उत्तेजना फैलाएका थिए ।
आम सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोना भाईरस संक्रमणबारे भ्रम फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिने आफूलाई प्राकृतिक डाक्टर भन्ने तेहथुम स्थायी घर भई हाल ललितपुर नक्खिपोटमा बसोबास गर्ने सुबास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
अन्तिम विकल्प प्रा.लि.का संचालक रहेका उनलाई सोमबार ललितपुर नक्खिपोटबाट पक्राउ गरी प्रहरी परिसर ललितपुर पठाइएको साथै अन्य थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।