जल/वातावरण

काठमाडौं उपत्यकामा थपिए ३ सय २६ जना कोरोना संक्रमित, देशभर ९ सय ७९

सोमबार काठमाडौं उपत्यकामा ३ सय २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३ सय २६ जना सङ्क्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौंमा २ सय ९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना रहेका छन् । थपिएका नयाँ सङ्क्रमितमध्ये काठमाडौंमा १०२ महिला र १९१ पुरुष, ललितपुरमा सात महिला र १३ पुरुष तथा भक्तपुरमा छ महिला र सात जना पुरुष छन् ।

यसै गरी सोमबार देशभर थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीसहित देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ।

त्यस्तै सो अवधिमा मृतक थप ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ ।

विगत २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ७७ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.