जन सरोकार

सुरु भयो इन्द्रजात्रा, हनुमानढोकामा इन्द्रध्वजोत्थान (फोटोहरुसहित)

हनुमानढोका दरबार क्षेत्रमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गर्ने सांस्कृतिक परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ७ः१७ बजेको साइतमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरिएसँगै यस वर्षको सांस्कृतिक पर्व इन्द्रजात्रा पनि सुरु भएको छ ।

दरबार क्षेत्रमा आज इन्द्रध्वजोत्थान गरिएसँगै यही भदौ २४ गते शुक्रबार मुख्यरुपमा यात्रा सुरु गरिन्छ । जात्राको मुख्य दिन तल्लो टोलमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा चलाइन्छ । भदौ २५ गते शनिबार माथिल्लो टोलमा रथयात्रा गरिन्छ ।

भदौ २९ गते बुधबार नानिचा यात्रा गरिन्छ । त्यसै दिन बेलुकी ७ः३३ बजे इन्द्रध्वनपातनको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसै दिन इन्द्रध्वजपातन गरेपछि राष्ट्राध्यक्षले हनुमानढोका दरबार पुगी श्रीकुमारीबाट इन्द्रजात्राको प्रसाद ग्रहण सांस्कृतिक परम्परा रहिआएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.