जन सरोकार

इन्द्रजात्रालाई विश्वव्यापी बनाउने प्रयास- विश्वका २५ नगरका प्रमुखहरुलाई निम्ता

जात्राको अन्तिम दिन उपप्रमुख सुनिता डंगोलले महिलाहरुले रथ तान्ने नेतृत्व गर्ने

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको अति महत्वपूर्ण जात्राका रुपमा रहेको इन्द्रजात्रालाई विश्वव्यापी बनाउने बताउनुभएको छ ।

बुधबार इन्द्रजात्रा सुरु भएको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा मेयर बालेनले विश्वव्यापी रुपमा इन्द्रजात्रालाई चिनाउन खोजेको र महानगरले त्यही अनुसार अन्तर्राष्ट्रियस्तरका नगरप्रमुखहरुलाई बोलाएको जानकारी दिनुभयो ।

साहले इन्द्रजात्राको लागि व्यवस्थापन समितिबाट काम भइरहेको भन्दै सबै तयारी लगभग पूरा भएको र इन्द्रजात्रा काठमाडौं उपत्यकामा मात्र सिमित रहेकामा अब यसलाई पूरै देशले अपनत्व गर्ने बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उपमेयर सुनिता डंगोलले देशकै महत्वपूर्ण पर्वको रुपमा इन्द्रजात्रालाई लिएको बताउँदै आफूहरुले पदभार ग्रहण गरेको सय दिन पुगेको दिन इन्द्रध्वजा फरफराएर इन्द्रजात्रा सुरु हुनु सुखद संयोग भएको बताउँदै महिलाहरुले जात्राको अन्तिम दिन रथ तान्ने त्यसको नेतृत्व आफैंले गर्ने जानकारी दिनुभयो ।

महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र)बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरका प्रमुखहरुलाई निमन्त्रणा गरेको जानकारी दिएको छ ।

पत्रकार सम्मलेनमा महानगर प्रवक्ता नविन मानन्धरले काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा हेर्न विश्वका २५ नगरलाई निमन्त्रणा गरेको जानकारी दिनुभयो ।

मानन्धरले नगर प्रमुखलाई बोलाएता पनि सबै आउनेमा शंका व्यक्त गर्दै केही नगरप्रमुखहरुबाट आउन नसक्ने चिठी पनि रचीनमा कोभिड संक्रमणको कारण स्वास्थ्य मापदण्डलाई कडाई गरेकोले आउन कठिन हुने प्रारम्भिक सूचना पाएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.