जल/वातावरण

कोरोमुक्त चिकित्सकको अनुभव ‘कोरोना केही होइन भन्ने रुपमा लिनु हुँदैन’

कोभिड–१९ बाट सङ्क्रमणमुक्त हुनुभएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताउनुभएको छ । आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उहाँले यसबाट सजग रहन सबैलाई अनुरोध गर्नुभयो ।

अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उहाँको भनाइ छ । कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।” कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ ।

तर यो रोगले कसैलाई नछाड्ने उहाँको भनाइ छ । आफू कोभिड बिरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भएपनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “ सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोराउन चाहन्छु ।”

विराट मेडिकल कलेजले सय बेड कोभिड अस्पतालका लागि छुटयाएको डा। काकीले बताउनुभयो । कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम गर्नु हुँदैन । उहाँले भन्नुभयो, “एक दुई पटक गर्दा गल्ती तर पटक पटक गर्दा त्यही कुरा अपराध हुन्छ ।”

नेपालमा स्रोत साधन नभएपनि मृत्युदर अरु देशभन्दा कम रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हालसम्म निको भएको व्यक्ति ३० हजारभन्दा बढी रहेको छ ।” कोरोना अरु भाइरसजस्तै पूर्णरुपमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा. कार्कीले बताउनुभयो । सामाजिक सञ्जालमा डर नफैलाउन पनि उहाँले सबैलाई अनुरोध गर्नुभयो ।

देशभरका २० मेडिकल कलेजमा जनशक्ति र संरचना रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले आवश्यकता महसुश गर्दा मेडिकल कलेजसँगै अघि बढ्न तयार छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.