राजनीति

सन्दर्भ अन्तर्राष्ट्रिय साक्षरता दिवस र शिक्षा दिवसको इतिहास मेटिएको दिन

नेपालमा गणतन्त्र स्थापनासंगै विगतमा भएका तमाम राम्रा कामहरुको स्मरण गर्दा समेत अपमानित हुने ठानेका शासकहरुको असहिष्णु व्यवहारले नेपालको हरेक मौलिक पक्षहरु नष्ट हुँदै गएको । यस्तै एउटा मौलिक र नेपालको शैक्षिक सुधारको महत्वपूर्ण कदमका रुपमा लिइएको शिक्षा दिवस २०६४ सालदेखि मनाउन छाडियो ।

नेपालको शिक्षामा आफ्नै किसिमको नीति निर्माण भएर दिवस मनाउन सुरु गरिएको थियो २०३१ सालदेखि । तत्कालीन श्री ५ वीरेन्द्रबाट ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले बञ्चित हुन नपरोस्’ भन्ने (नारा) का प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गर्दै साथ विसं. २०३१ सालबाट राष्ट्रिय शिक्षा मनाउन थालिएको थियो ।

तर जनआन्दोलन–२ पश्चात् यो दिवस मनाउन बन्द गर्दै सेप्टेमबर ८ मा पर्ने ‘अन्तर्राष्ट्रिय साक्षरता दिवस’कै दिन राष्ट्रिय शिक्षा दिवस मनाउन थालियो । विसं. २०६२ सम्म हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाएकामा लोकतान्त्रिक जनआन्दोलनका कारण विसं. २०६३ मा राष्ट्रिय शिक्षा दिवस स्थगन भएपछि २०६४ सालदेखि अन्तर्राष्ट्रिय दिवसका दिन (८ सेप्टेम्बर) सँगै मनाउन थालिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय दिवस बेग्लै मितिमा आयोजना गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएको र नयाँ मितिबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ ।

शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका वञ्चित नहोउन् भन्ने उद्देश्यका साथ राजा वीरेन्द्रले प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गर्दै शैक्षि सुधारका लागि चालेको कदमम नेपालको शैक्षिक इतिहासको एउटा कोशेढुंगा थियो । आज माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्छ भनेर नारा घन्काउनेहरुले साढे तीन दशकअघिबाटै यसको थालनी भएको थियो भन्ने बिर्सेर आयातित दिवुमा रमाउन थाले । पुर्खाले देशहितका लागि चालेका कदमहरु विस्मृतिमा पारेर नयाँ पुस्तामा भ्रम छर्न खप्पिस नेतृत्वले शिक्षा दिवसको मौलिकपक्ष र यसको महत्वलाई बेवास्ता गरे ।

तर अहिले यसमा सुधारको प्रयास सरकारी तहबाटै भएको छ । यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरू आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा मङ्गलबार ‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड १९ :  क्राइसिस एण्ड बिओण्ड’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ । युनेस्कोले रु २० हजार अमेरिकी डलरको यसवर्षको अन्तर्राष्ट्रिय पुरस्कार नेपालको सामाजिक संस्था ‘एजिङ नेपाल’ लाई प्रदान गर्दैछ । नेपालमा अन्तर्राष्ट्रिय दिवसका दिन सरकारी, युनेस्कोका संयन्त्र, सामुदायिक सिकाइ केन्द्र र गैह्रसरकारी क्षेत्रबाट भर्चुअलरूपमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् भने शिक्षा तथा मानव संशाधन केन्द्रले स्मारिका प्रकाशन गर्नेछ ।

‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका २०७७’ मा पुरस्कारका लागि शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रारम्भिक छानविन समिति र शिक्षासचिवको संयोजकत्वमा सिफारिस समिति गठनको व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.