जन सरोकारस्वास्थ्य

डेङ्गु नियन्त्रणका लागि मोबाइल रिङ्गटोन बनाइ प्रचारप्रसार गरिने

डेङ्गुको सङ्क्रमणको नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने भएको छ । त्यस्तै रोग नियन्त्रणका लागि मोबाइल रिङ्गटोन बनाइ प्रचारप्रसार गर्ने निर्णय समेत भएको छ ।

बुधबार मुख्य सचिव शङ्करदास वैरागीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवबीच भएको उच्चस्तरीय बैठकले सो निर्णय गरोको हो ।

बैठकले डेङ्गुको सङ्क्रमणको प्रकोप रोकथाम र नियन्त्रण गर्ने विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले डेङ्गुको नियन्त्रणका लागि प्रदेश र स्थानीय तह सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो ।

बैठकले डेङ्गु सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान तीव्रता बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्यदृश्य सामग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचारप्रसारको व्यवस्था मिलाउने, रोग रोकथाम र नियन्त्रणका लागि यथाशीघ्र मोबाइल रिङ्गटोन बनाइ प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने र रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.