राजनीति

प्रधानमन्त्री देउवाद्वारा नवनिर्वाचित प्रधानमन्त्री ट्रसलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतका नवनिर्वाचित प्रधानमन्त्री लिज ट्रसलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना दिनुभएको छ ।

उहाँले सन्देशमार्फत प्रधानमन्त्री ट्रसलाई उहाँको सफल कार्यकालका लागि शुभकामना र बेलायती जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रमुख विकास साझेदारका रूपमा नेपालले बेलायतसँगको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपालको विकास प्रयासमा बेलायतले गरेको महत्वपूर्ण सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा सहभागी हुन गएको बेलायत भ्रमणको स्मरण गर्दै जलवायु कार्य र हरित विकासमा नेपालको दृढ प्रतिबद्धतालाई ध्यानमा राख्दै नेपालले गरेका प्रतिबद्धतामा बेलायतजस्ता विकास साझेदारको समर्थन रहने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.