क्रिकेटखेल

क्यानले तत्काल कुनै अनुसन्धान नगर्ने, सन्दीपले मागे कानुनी सहायता

नाबालिगमाथि बलात्कारको आरोप लागेर प्रहरी अनुसन्धान चलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेकोे र वेष्टइण्डिजबाट फर्केपछि आरोपको सामना गर्ने बताउनुभएको छ ।

कप्तानमाथि जबरजस्ती करणीको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान)ले भने नियोजित रुपमा फसाउन खोजिएको पनि हुन सक्छ भन्दै तत्काल कुनै प्रक्रिया अघि नबढाउने निर्णय गरिसकेको छ ।

यसबीच कप्तान लामिछाने क्यानसंग सम्पर्कमा आउँदै आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताउनु भएको छ ।

मल्लले प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको र कानुनी उपचारमा प्रोफाइलिस्ट लयर खोजिदिन आग्रह गरेको बताउनु भयो।

मल्लले कप्तान लामिछानेमाथिको आरोपका बारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्दै आईसीसीलाई पनि यस बारेमा जानकारी गराइएको र आईसीसी यस विषयलाई लिएर गम्भीर रहेको बताउनु भयो ।

सन्दीप लामिछानेमाथि जबरजस्ती करणीको किटानी जाहेरी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.