जन सरोकारस्वास्थ्य

नेपालगञ्जमा डेंगु संक्रमित दुईजनाको उपचारका क्रममा मृत्यु

डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि यसको रोकथामका पहल प्रभावकारी नहुँदा संक्रमितहरुको मृत्यु हुन थालेको छ । पछिल्लो समय उपचारका लागि भेरी अस्पतालको आइसियुमा भर्ना भएका कैलाली र बर्दियाका बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बढैयाताल गाउँपालिका– ८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधवार भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड शाखाका प्रमुख अरुणदेव खनालले बताउनुभयो ।

दुवैको अवस्था निकै बिग्रिएपछि थप उपचरका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता विभिन्न जिल्लाबाट डेंगुका बिरामी उपचारका लागि आउने क्रम बढेको खनालले बताउनुभयो ।

उहाँका अनुसार अहिले पनि डोटीका एक जना बिरामीको भेरी अस्पतालमा उपचार भइरहेको छ । बाँकेमा डेंगुका बिरामीहरू देखिने क्रम सुरु भएपछि सो रोग नियन्त्रणका लागि विभिन्न उपाय अपनाउन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्लामा ११ जनामा डेंगु रोग देखिएपछि अहिले नगर भरी सचेतना अभियान र सफाई अभियान सञ्चालन गरेर लामखुट्टेका लार्भा मार्ने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.