राजनीति

आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जित्छ

नेकपा (एकीकृत समाजावादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जीत हासिल गर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा गरेको साक्षात्कारमा नेता झाँक्रीले देश र जनताको हितमा स्पष्ट योजना बनाएर निर्वाचनमा जानेलाई जनताको साथ मिल्ने स्पष्ट पार्नुभयो ।

नेकपा (एमाले) ले समृद्धिका नाममा ल्याएका पानीजहाज, रेल, जस्ता हावादारी गफमा जनता नअल्मलिने बताउँदै उहाँले स्थानीय माग र आवश्यताका आधारमा स्पष्ट एजेण्डा ल्याउनेलाई जनताले मत दिने उल्लेख गर्नुभयो ।

मुलुकको हितका लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने भएकाले मुलुकमा गठबन्धन आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले देशको विकास र आम नेपालीको जीवनस्तर उकास्न पाँच दलीय गठबन्धन आवश्यक भएको जिकिर गर्नुभयो । जनताले दिएको दुई तिहाइ मतको कदर गर्न नसेकेको एमालेलाई आगामी निर्वाचनमा जनताले साथ नदिने उहाँको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विनोद पहाडीले सङ्घीयता र संविधानलाई संस्थागत गर्न पाँच दलीय गठबन्धन निर्माण भएकाले आगामी निर्वाचनमा एक भएर प्रतिस्पर्धी पार्टीसँग चुनावमा भिड्ने बताउनुभयो ।

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले मुलुकमा एमाले बलियो पार्टीका रूपमा स्थापित भएको जनाउँदै गठबन्धनसँंग चुनावमा प्रतिस्पर्धात्मक सामना गर्ने र पार्टीको साख जोगाउने बताउनुभयो । पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएकाले निर्वाचन आयोगले निगरानी गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.