कला/मनोरन्जनकलिउड

बहुचर्चित चलचित्र प्रेमगीत-३ का लेखक तथा निर्देशक गुरूङको निधन

फरक खालका चलचित्र लेखन र निर्देशनका कारण चर्चामा रहेका छेतेन गुरूङको निधन भएको छ । पछिल्लो समय ऐतिहासिक कथामा आधारित बहुचर्चित चलचित्र प्रेमगीत ३ को लेखन र निर्देशनपछि हुतुतुको तयारीमा रहेका गुरूङको उनी ४२ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

गुरूङले यसअघि नोभेम्बर रेन, क्लासिक, डमरूको डण्डिवियोको लेखन तथा निर्देशन गरेका गुरूङको उपचारका क्रममा महारागंजस्थित मेट्रो हस्पिटलमा बुधबार २ बिहान निधन भएको हो ।

मिर्गौलासम्बन्धी समस्याबाट पिडित गुरूङको स्वास्थ्यस्थितिमा समस्या देखिएपछि सोमबार निर्माता सन्तोष सेन र आफूले सोमबार उनलाई अस्पताल लगेको प्रेमगीत ३ का निर्माता तथा कलाकार चक्रबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.