राजनीति

बिपी जयन्तीमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

तरुण दलले पाटन अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पिपिई) र २० थान फेस शिल्ड तथा वीर अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पिपिइ) र २० थान फेस शिल्ड सहयोग गरेको हो ।

कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कोभिड–१९ को जोखिम बढिरहेका बेलामा अग्रभागमा रहेर जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गरिएको बताउनुभयो । उक्त स्वास्थ्य सामग्री काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेशनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराउनुभएको थियो ।

यस्तै तरुण दलले १०७औँ बिपी जन्मजयन्ती सामाजिक दूरी कायम गरेर विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्रसमेत गरिसकेको छ । काँग्रेस र सो पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गरी बिपीजयन्ती मनाउँदै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.