चौथो चरणको निषेधाज्ञा- यातायात र व्यवसाय शर्तकतासाथ संचालनको अनुमति

राजधानी काठमाडौं उपत्यकामा तीन सातादेखि जारी निषेज्ञालाई निरन्तरता दिंदै चौथो चरणमा स्वरूप परिर्वतन गरिएको छ । बुधबार मध्यरातदेखि लागू हुने निषेधाज्ञाको चानैथो चरणमा स्वास्थ्य सुरक्षा मापदड अपनाएर सार्जवनिक सवारी तथा व्यवसाय संचालन गर्न पाइनेछ ।
बुधबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी सवारी र सार्वजनिकतर्फ १६ सिटभन्दा माथिकालाई जोरविजोर अनुसार सवारी साधन चलाउन पाउने, पसलको हकमा फरक प्रकृतिका पसललाई फरक दिनमा सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको हो ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार सम्पन्न बैठकपछि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले सो कुराको जानकारी दिनुभएको हो ।
निर्णय अनुसार सपिङमल खुल्ला गर्ने, जुत्ता कपडाजस्ता फेन्सि पसलहरु सोमबार, बुधबार र शनिबार तथा भाँडा पसल आदि आइतबार, मंगलबार र शुक्रबार खोल्न पाउने छन् । फुटपाथ पसलहरु विहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ७ बजे सम्म खोल्न पाइनेछ ।
त्यस्तै, फर्निचर, अटोमोवाइल सोमबार र बुधबार खोल्न पाइनेछ । साथै, नाकामा अहिले जे व्यवस्था छ त्यही कायम रहनेछ ।
प्रतिक्रिया राख्नुहोस्