राजनीति

दोलखाका ४३९ जनप्रतिनिधिमध्ये सातजना माधव नेपालको पार्टीमा

नेकपा (एमाले)बाट निर्वाचित भएका दोलखाका सात जनप्रतिनिधिले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । पार्टी विभाजन भएसँगै पार्टी रोज्न पाउने व्यवस्थाअनुसार दोलखाका एमालेबाट निर्वाचित ४३९ जनप्रतिनिधिमध्ये सात जनाले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालय दोलखामा सनाखत गरेका हुन् ।

एमाले परित्याग गरी एकीकृत समाजवादीमा लाग्नेमा मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारी, २ का वडाध्यक्ष जीतबहादुर भण्डारी, वडा सदस्य कमल थापा र अर्का एक सदस्य छन् भने शैलुङ गाउँपालिका कार्यापालिका सदस्य कुलबहादुर विक, शैलुङ गाउँपालिका–६ फस्कुका वडा सदस्य भुवनसिहं थापा र भीमेश्वर नगरपालिकाका कार्यपालिका सदस्य दीपक धनुके रहेका छन् ।

एकीकृत समाजवादी दर्ता भए पनि दोलखामा पार्टी विभाजनले खासै असर देखिएको छैन । एक सङ्घीय निर्वाचन क्षेत्र, दुई प्रदेशसभा, सात गाउँपालिका, दुई नगरपालिका र ७४ वडामा एमालेबाट निर्वाचित बनेका जम्मा सात जनप्रतिनिधिले मात्र एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

उता सङ्खुवासभाको जिल्ला समन्वय समिति प्रमुखसहित १५ जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । मङ्गलबार दिउँसो जिल्ला निर्वाचन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यसहित जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा पुगेर जिल्ला समन्वय समितिका प्रमुख शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, पाँचखपन नगरपालिका–७ का वडाध्यक्ष कृष्णबहादुर खड्का, पाँचखपन नगरपालिका–८ का वडाध्यक्ष छत्रबहादुर न्यौपाने, सभापोखरी गाउँपालिका–५ वडाध्यक्ष याम सुब्बासहित १५ जनप्रतिनिधि एकीकृत समाजवादी सनाखत गरेको एकीकृत समाजवादी सङ्खुवासभाका नेता हेमराज घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला समन्वय समितिका सदस्य एक र वडा सदस्य नौ जनाले समेत एकीकृत समाजवादी सनाखत गरेका छन् । यसअघि सङ्खुवासभाका प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ समाजवादी पार्टीमा सनाखत गराइसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.