एन आर एन न्युजजापान

जापानबाट ददिवल खड्काद्वारा एसिया प्यासिफिक उपसंयोजकमा उम्मेदवारी

जापानका व्यवसायी तथा नेपाली समुदायका अग्रज ददिवल खड्काले गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिकको उपसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

समाजमा आइपर्ने हरेक सुख दुःखका गतिविधिमा नजिक रहेर सहयोग पुर्याउँदै आउनुभएका खडकाले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मातहतमा रहेर एसिया प्यासिफिक क्षेत्रका सामुहिक समस्याहरू वैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र अन्य क्षेत्रमा सहयोग गर्ने योजना छ ।

विभिन्न उद्देश्यले एसिया प्यासिफिक क्षेत्रमा छरिएर रहेका नेपाली समुदायलाई एकताको शुत्रमा बाँधेर काम गर्ने नयाँ योजना अघि सारेको खडकाले नेपालजापान डटकमलाइ बताउनु भयो ।

विदेशमा सिकेको सीप र पूँजीलाई लगानी गर्न प्रोत्साहित गर्दै संस्थाको गिर्दो एनआरएनएको साखलाइ जोगाउन थप पहल गर्ने बताउनु भयो ।

एनआरएनए तथा अन्य सामाजिक संस्था मार्फत प्रवासी नेपाली समुदायमा दैवी प्रकोप लगायतका विभिन्र अवस्थामा खड्काले अस्थायी वा स्थायी बासस्थान, खाध्यान्न लगायत राहत सामाग्री वितरण लगायत कार्यमा सकृय रहदै आउनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.