राजनीति

संसद बैठक सञ्चालन हुने/नहुने सभामुखको भूमिकामा निर्भर

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । आज रासससँग कुरा गर्दै उहाँले संसद्को आगामी बैठक सञ्चालन हुने/नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताउनुभयो ।

‘एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाले पूर्वाग्रहपूर्ण व्यवहार गरिएकाले’ विरोध गरिएको एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका भट्टराईको भनाइ छ ।

“सभामुखले दलको सदस्यभन्दा माथि उठेर निष्पक्ष व्यवहार गर्नुपर्छ । पार्टीले अनुशासन वा ह्वीप उल्लङ्घनमा आफ्ना सदस्यलाई कारबाही गर्न सक्छ, सभामुखले त्यसलाई सूचना प्रकाशन गर्नुपर्छ” ।

उहाँले भन्नुभयो, “विगतमा अरु पार्टीले कारबाही सिफारिस गर्दा तत्काल सूचना आएको तर एमालेको पत्रलाई थन्क्याएर सभामुखले हाम्रो पार्टी विभाजनमा सहयोग गर्ने नियत राखेको देखियो । संसद्को ठूलो दललाई गरिएको व्यवहार महँगो र चुनौतीपूर्ण हुन सक्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.