राजनीति

जेनजी आन्दोलनकारीले रविलाई गराए कारागार मुक्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेनजी प्रदर्शनकारीहरुले कारागार मुक्त गराएका छन् । मंगलबार विहानैदेख जेनजी आन्दोलनकारीहरु नख्खुमा भेला भएका थिए ।

ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार कारागार प्रशासनले लामिछानेलाई लिन आएकाहरूलाई रोक्न नसकेपछि बाहिर निकालिएको हो ।

ललितपुरस्थित नख्खु कारागारमा पुगेर प्रदर्शनकारीहरुले आन्दोलन चर्किएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीले बताएको छ ।

सहकारी ठगी आरोपमा नख्खु कारागारमा रहनुभएको लामिछानेलई श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.