जापान

जापानमा कोरोना संक्रमितको उपचार दिशानिर्देश जारी

कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि जापानी स्वास्थ्य विशेषज्ञहरुले दिशानिर्देश जारी गरेका छन् । जापानको गम्भीर चिकित्सा औषधि संघ तथा जापान द्रुत चिकित्सा औषधि संघले विश्वभरको रिपोर्टको विश्लेषण गरी यस प्रकारको दिशानिर्देश तयार गरेको हो ।

दिशानिर्देशमा मध्यमदेखि गम्भीर लक्षण भएका बिरामीका लागि स्टेराइड डेक्सामिथासोन अनुशासित ढंगबाट दिइने र सामान्य लक्षण भएकाहरुको हकमा यसको प्रयोग निषेध गरिएको छ ।

त्यसै गरी मध्यम र गम्भीर बिरामीका लागि रेमडेसिविरको प्रयोगलाई पूर्ण रुपमा अनुमति दिइएको छैन । स्मरणीय के छ भने रेमडेसिविर जापानमा कोरोना भाइरस संक्रमितका लागि प्रयोग गर्न अनुमति दिइएको पहिलो औषधि हो । यसको उपयोग सामान्य लक्षण भएका बिरामीलाई गरिंदैन । सामान्य लक्षण भएकाहरुमा यसको प्रभाव देखिएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.