राजनीति

एमालेले गर्यो संसद बैठक अबरुद्ध, नारावाजीकाबीच आर्थिक अध्यादेश पारित

प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध र नारावाजी गर्दै अवरोध गरेको छ । एमालेका सांसदहरुको नारावाजीकाबीच अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आर्थिक अध्यादेश पारित भएको छ ।

प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा ९संसद०को बैठक अघि बढाउँदै उहाँले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिनुभयो ।

सुवालले भने प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने र पेश गर्ने वातावरण बनाउन मागा गर्नुुभया । लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिनुभयो ।

नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोजे पनि उहाँ दौडिएर रोष्टममा पुग्नुभो र प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गर्नुभयो ।

उहाँले अध्यादेश पेश गरेलगत्तै सभामुखले मतदान गराउनुभयो र बहुमतले अध्यादेश स्वीकृत भएको घोषणा गर्नुभयो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरु उठेर बेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

प्रतिपक्ष सांसदबाट विरोध भइरहँदा सभामुख सापकोटाले तपाईहरुले उठाएका कुरा अदालतमा मुद्दा विचाराधीन रहेको र जनजीवीकासँग जोडिएका यावत् विषय राख्नुपर्ने भएकाले सदन चलाउन सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

सभामुखको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षबाट निरन्तर नारावाजी गर्दै विरोध भइरह्यो । सो बीचमा सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयलाई सदनमा उठाउन बन्देज रहेको बारेमा ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख प्रतिपक्ष दलको विरोधका कारण गत बुधबारको प्रतिनिधिसभाका तीन वटा बैठक पनि स्थागित भएका थिए । अहिले सदनमा प्रतिपक्षको नारावाजी निरन्तर चलिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.