राजनीति

बुधबारसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका लागि सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिनुभयो ।

“भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरिएको छ” सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.