राजनीति

नेकपा स्थायी समिति बैठक सम्पन्न : ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने निर्णय

लामो समयदेखिको विवाद साम्य पार्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्षद्वयको कार्यविभाजनलाई थप प्रष्टाउँदै सकिको छ । असार १० देखि जारी स्थायी कमिटी बैठक पार्टी विवाद साम्य पार्ने निर्णसहित शुक्रबार सकिएको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले सरकारका कामकारबाहीलाई प्रभावकारी ढंगले अगाडि बढाउने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका कामकारबाहीमा केन्द्रित रहने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार अध्यक्षद्वयको कार्यविभाजनको हकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र प्रभावकारी ढंगले सरकारलाई सफल पार्ने र अर्का अध्यक्ष प्रचण्ड पार्टी कार्यकारी अधिकारसहित पार्टीमा काम गर्ने पनि निर्णय भएको छ ।

उहाँले भन्नुभयो, ‘अध्यक्षको कार्यविभाजनको हकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली सरकार केन्द्रित भएर अगाडि बढ्ने र प्रभावकारी ढंगले सफल काम गर्ने निर्णय भएको छ। अर्का अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काम गर्ने निर्णय भएको हो’ ।

बैठकमा अध्यक्षद्वयले तयार पारेको प्रस्तावमाथि १३ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए । उक्त धारणामाथि अध्यक्ष प्रचण्डले जवाफ दिएका थिए ।

पार्टीलाई विधिसम्मत् ढंगले अगाडि बढाउने र कमीकमजोरी देखिए सच्याउने र एकतावद्ध रूपमा अघि बढ्ने सरकार पार्टीको मार्गनिर्देशनमा चल्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.