जन सरोकारस्वास्थ्य

भावनात्मक सहयोग आत्महत्या रोकथामको अचूक सूत्र

नेपालसहित विश्वभरि नै शनिबार ‘आशा जगाऔँ, जीवन बचाऔँ,’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइयो । दिवसका अवसरमा आत्महत्या रोकथामका लागि चाल्नुपर्ने कदमहरुका बारेमा जानकारी दिइयो ।

नेपालमा आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । त्यसले आत्महत्या रोकथामका लागि थोरै प्रयास गरेको पाइए पनि आत्महत्याका कारणले दैनिक १९÷२० जनाको ज्यान गइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ ।

त्यस्तै सरकारको एक्लो प्रयासले मात्र नभई सबैको सहयोगले रोकथाम गर्न सकिने बताइएको छ । यसका लागि सर्वप्रथम आत्महत्या रोकथामका लागि जोखिम वर्गको पहिचान गरी प्रारम्भिक लक्षण पत्ता लगाइ सहयोगका लागि तत्पर हुनुपर्ने विज्ञहरुले बताएका छन् ।

आत्महत्या सम्बन्धी सोच वा विचार भएकाका कुरा र समस्यालाई सुन्ने गर्नुपर्दछ, त्यस्ता व्यक्तिका कुरा सहानुभूति सुनिदिने र आफूले परामर्श गर्ने जस्ता कार्यले आत्महत्या रोकथाममा ठूलो सहयोग पुग्छ ।

त्यस्ता व्यक्तिलाई भावनात्मक सहयोग गर्ने, परिवारजन र मित्रलाई सम्पर्क गर्ने, यदि धेरै जोखिम छ भने कहिल्यै एक्लो नछोड्ने र मनोचिकित्सक, मनोविद्, परामर्शकर्ता कहाँ पठाउने गर्नुपर्दछ ।

मानसिक अस्पताल वरिष्ठ मनोचिकत्सक डा वासुदेव कार्कीले विश्व स्वास्थ्य सङ्गठनले तय गरेका चार वटा रणनीतिलाई कार्यान्वयन गर्ने हो भने आत्महत्या रोकथाम नियन्त्रण गर्न सकिने भनाइ राख्नुभयो ।

उहाँका अनुसार पहिलो हुर्कंदै गइरहेका बालबालिकालाई मानसिक स्वास्थ्यमा लचकता, दोस्रो आत्महत्याका लागि उपयुक्त हुने साधानको नियन्त्रण, निगरानी र न्यूनीकरण तेस्रो मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच र चौथो आम सञ्चारमाध्यमले उत्तरदायी भएर आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण रहेका छन् ।

कार्की चार वटा रणनीतिमा काम गर्न सक्यौँ भने नेपालमा आत्महत्याको विचार भावना भएका अवस्थालाई सुकै कठिन अवस्थामा पनि आत्महत्या जस्तो सोचलाई प्रसय नपाउने बताउनुहुन्छ ।

“अठार वर्ष अगाडिका बालबालिकालाई सजिलै आफूमा आइपरेको समस्यालाई समाधान गर्न सिकाइयो भने भोलिका दिनमा सामाजिक र आर्थिक अवस्थालाई सहज पार लगाउन उनीहरु सक्छन्”, उहाँले भन्नुभयो ।

आत्महत्याको भावना भएकालाई समयमा नै सही परामर्श, सही उपचार सही सामाजिक आडभरोसा दिन सकेका खण्डमा आत्महत्या रोकिने कार्कीको भनाइ छ । ९० प्रतिशत मानसिक समस्याका कारणले आत्महत्या गर्ने गर्दछन् ।

उहाँले आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरुलाई निरन्तर निगरानीमा राख्दै उचित मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.