राजनीति

हिमानी ट्रस्टद्वारा गोरखाका ३७ सय बिद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामग्री बितरण

हिमानी ट्रस्टले गोरखाका सामुदायिक बिद्यालयमा अध्ययनरत तीन हजार सात सयभन्दा बढी बिद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

उक्त ट्रस्टले जिल्ला भित्रका ४० बिद्यालयमा अध्ययनरत तीन हजार सात सय ५० बिधार्थीलाई उक्त सामग्री बितरण गरेको कार्यक्रम संयोजक मोहसिन अलिमियाँले जानकारी दिनुभयो ।

ट्रस्टले बिधार्थीहरुलाई ब्यागभित्र नेपाली तथा अग्रेजी अभ्यास पुस्तक, कलर बक्स, स्टेशनरी बक्स, सिसाकलम, हेल्थ ब्याग, लन्च बक्स, पानीको बोटल, माक्स, साबुन, मन्जन, ब्रस, ब्यान्डेज र फ्रेण्डसिप कार्डसमेत राखेर विद्यार्थीहरुलाई वितरण गरेको हो ।

ट्रष्टले गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका, शहीद लखन गाउँपालिका, पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाको बिद्यालयका बालबालिकालाई उक्त सामग्री बितरण गरेको उहाँले बताउनुभयो ।

ट्रस्टकी अध्यक्ष हिमानी शाह र उहाँकी छोरी कृतिकाले चाइना फाउण्डेनमार्फत प्राप्त उक्त सामाग्री शनिबार स्कुलले बिद्यार्थीहरुलाई बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.