राजनीति

राष्ट्रपति भण्डारीको बिरोधमा नेविसंघको प्रदर्शन

सत्ता गबठन्धनको नेतृत्वदायी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै त्रिचन्द्र क्याम्पस अघि बिरोध प्रदर्शन गरेको छ ।

आइतबार विहान संघले निकालेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिको पुतला जलाउन खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा केहीबेर ढुंगा हानाहान समेत भएको थियो ।

त्रिचन्द्रमा अध्यययनरत दिनेश कार्कीले ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपतिको पुत्ला जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गरेको र प्रहरीसँगको हानहानमा एउटा साथीको हातमा चोट लागेको बताए ।

नेविसंघले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि नेविसंघ कार्यकर्ताले पनि ढुंगा हानेका थिए । त्यसपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.