क्रिकेटखेल

सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा

नाबालिकलाई जवर्जस्ती करणी गरेको आरोपमा पक्राउ पूर्जी जारी भएका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन्सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ।

विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारपछि लामिछानेलाई कालोसूचीमा राख्न भनिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए ।

पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ। क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए । क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल पनि खेल्न पाएनन्।

लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउनसक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार पनि गरेको छ । गत शुक्रबार लामिछानेले फेसबुकमार्फत आफूमाथि लागेको आरोपको सामना गर्ने र निर्दोष भएको दावी गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए ।

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै लामिछानेविरूद्ध गत मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

जाहेरी परेपछि प्रहरीले सोही दिन पीडितको स्वास्थ्य परीक्षण गराएको थियो। प्रहरीले घटनास्थलबाट प्रमाणहरू जुटाउने काम गरिरहेको जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.