राजनीति

एकाएक लचकता देखाउँदै सभामुख सापकोटा

प्रतिनिधिसभाको बैठक आव्हान भएको दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले पार्टीले कारबाही गरेका सांसदहरुलाई संसदभित्र प्रवेश दिएको भन्दै सदन अबरोध गरेपछि उहाँ आक्रोशित रुपमा प्रस्तुत हुनुभएको थियो ।

एमाले सांसदहरुको अबरोधपछि सभामुख सापकोटाले आफूले संविधान, प्रतिनिधिसभा नियमावली अनुसार निर्णय गरेको भन्दै बिरोध गर्नेहरुमाथि आक्रोश व्यक्त गर्नुभएको थियो ।

एमालेको बिरोध जारी रहेपछि आइतबारको संसदको पहिलो बैठकमा उहाँले विपक्षी सांसदहरुलाई विवादलाई छलफल र बहसबाट समाधान गर्न सकिने भन्दै संसद अधिवेशन सुचारु हुन दिन अनुरोध गर्नुभयो ।

उहाँले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारको हनन् हुनेतर्फ पनि ध्यान दिन आग्रह गर्दै मुलुकका जल्दाबल्दा समस्याहरुमाथि सांसदहरुको भनाई सदनमा राख्न पाउने अधिकार कुण्ठित नगर्न अनुरोध गर्नुभयो ।

उहाँले अहिलेसम्म बिरोध र अबरोध भयो अब संसदमै बहस गरौं भन्दै नारावाजीमा उत्रिएका एमालेका सांसदहरुलाई आआफ्नो स्थानमा आसन ग्रहण गरी बैठक चलाउन अनुरोध गर्नुभयो ।

सभामुखबाट संवैधानिक मर्यादा कायम गर्नुपर्ने नारा लगाइरहेका सांसदहरुको बीचमा उहाँले आफूले संवैधानिक सर्वोच्चता कायम गर्नकै लागि बैठक चल्न दिनुपर्ने अनुरोध गरिरहेको बताउनुभयो । उहाँले नारावाजी गरिरहेका सासदहरुसमक्ष बैठक चल्न दिन अनुनय गरिरहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.