साहित्य

रमेश विकल साहित्य प्रतिष्ठानमा स्थलगत बालकथा लेखन तथा प्रतियोगितात्मक प्रशिक्षण

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित अन्तर विद्यालय एक दिवशीय “स्थलगत बालकथा लेखन तथा प्रतियोगितात्मक प्रशिक्षण कार्यशाला” सम्पन्न भएको छ ।

आइतबार सम्पन्न प्रतियोगितात्मक प्रशिक्षणमा नवसुन्तखान माध्यमिक विद्यालयका सरिना भारती प्रथम हुनुभएको छ भने अरुणोदय माध्यमिक विद्यालय आरुबारीका छात्रा एलिसा मगर द्वितीय तथा नवसुन्तखान माविकै छात्रा अस्मिता गिरी तृतीय हुनुभएको छ ।

सोही प्रतियोगितामा सेन्टेनियल मावि र उत्तरवाहिनी स्कुलका छात्रद्वयले सान्त्वना पुरस्कार प्राप्त गरे। गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत २२ जना प्रतियोगी विद्यार्थीहरूद्वारा लेखिएका बालकथाहरूको मूल्याङ्कन बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेल र गोमा प्रसाईले गर्नुभएको थियो ।

आयोजक सस्थाकै सभाकक्षमा आयोजित कार्यक्रमको प्रथम चरणमा कथा लेखन सम्बन्धी प्रशिक्षणपछि दोश्रो चरणमा स्थलगत कथा लेखन प्रतियोगिता र तेस्रो चरणमा पुरस्कार अर्पण कार्यक्रम भएको थियो ।

कार्यक्रममा सहभागी तथा उत्कृष्ट पाँच सहभागीलाई प्रोत्साहनस्वरूप प्रमाण–पत्र, नगद पुरस्कार अन्यलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । प्रथम  ५ हजार, द्वितीयलाई ४ हजार र तृतीयलाई ३ हजार तथा सान्त्वना दुईजनालाई १५/१५ सय रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक वसन्त रिजाल र सदस्य रामप्रसाद पौडेलद्वारा सभापतित्व गरिएको कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, नगरपालिका वडा नं ९ का अध्यक्ष राजिव थापा, प्रतिष्ठानमा महासचिव विजय चालिसे, गङ्गा कर्माचार्य, कल्पतरु द्वैमासका सम्पादक नवराज पुडासैनी र रेहित सैजु, कार्यक्रम सहजकर्ता सुशील आचार्य, आलोक चालिसे पुरस्कृत विद्यार्थी प्रतिनिधिद्वय सरिना भारती र अभिसेक सिग्देल लगायतले आफ्नो विचार राख्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.