राजनीति
म्यानमार र मलेसियाका राजदूतलाई शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि म्यानमारका राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका राजदूत डिल्लीराज पौडेललाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित शपथग्रहण समारोहमा अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु उपस्थिति हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्