जन सरोकारस्वास्थ्य

स्वास्थ्य मन्त्रालय भन्छ पूरा बाहुला भएको लुगा लगाउनु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिन कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको भन्दै मन्त्रालयले त्यसबाट जोगिन पूरा बाहुला भएको पोशाक लगाउन आग्रह गरेको हो ।

सूचनामा लेखिएको छ, ‘डेंगु रोगको संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्त सफा राख्नुहुन र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा अनुरोध छ ।’

डेंगु एडिज नामको लामखुट्टेको टोकाइबाट सर्छ । यो लामखुट्टे विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुन्छ । त्यसैले डेंगु रोग लाग्नबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो ।

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सन्चालन गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.