जल/वातावरण

सिन्धुपाल्चोक पहिरो अपडेट : सातजनाको शव भेटियो, २४ अझै बेपत्ता

आइतबार विहान सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ मा गएको पहिरोमा परी वेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ । पहिरोमा अझै २४ जना हराइरहेका छन् ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो । नागपुजेबाट बर्खर्कसम्म ठाउँठाउँमा पहिरो गएको छ ।

शेर्पाका अनुसार पहिरोमा १६ घर क्षतिग्रस्त छन् । घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ । प्रहरीले भेटिएका शवहरूको पहिचान गरिरहेको छ । बेपत्ता भएकाहरूको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ ।

यसैबीच सभामुख अग्नि सापकोटा पहिरो गएको स्थलमा पुग्नुभएको छ । पहिरोको खबर आएपछि सभामुख सापकोटा आइतबार बिहान काठमाडौंबाट जानुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.