जल/वातावरण

बाह्रबिसे पहिरो : पाँचजनाको जीवितै उद्धार, मृतक नौजनाको सनाखत

बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएर हराएका पाँचजनाको जीवितै उद्धार गरिएको छ भने मृत फेला परेका नौ जनाको शव भेटिएको छ । भिरखर्क पहिरामा परी बेपत्तामध्ये पाँच जनाको पुरिएका अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ भने पहिरामा २२ जना अझै बेपत्ता छन् ।

पहिरामा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा र ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क विक टोलका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकुलाल विक, आठ वर्षीय सन्देश विक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ छन् ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिनुभयो ।

उहाँले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नुपर्ने/नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गरिने प्रतिबद्धता जनाउनुभयो । “पीडित परिवारका लागि तत्काल राहतको व्यवस्था हुन्छ नै”, सभामुख सापकोटाले भन्नुभयो ।

यसैगरी आइतबार बिहान गएको पहिराले जुगल गाउँपालिका–४ चनौटेमा तीन घर पूर्ण रुपमा क्षति भई स्थानीयवासी विमला पौडेल घाइते हुनुभएको छ । त्यस्तै वडा नं १ सेलाङको देउरालीमा पहिराले सात घरका परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.