जल/वातावरण

कोरोना संक्रमितको संख्या ५४ हजार नाघ्यो : काठमाडौंमा थपिए ५ सय ९७, छजाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार नाघेको छ । आइतबार थपिएका १ हजार ३९ जना सङ्क्रमितसंगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ जना पुगेको हो । पछिल्लो चौबीस घण्टामा नौजनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३४५ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट काठमाडौं उपत्यकामा ५ सय ९७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित भएका हुन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

यस्तै काठमाडौंका ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६५ वर्षकी दुई महिला, ५९ वर्षका दुई, ६४ र ७९ वर्षका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसै गरी पछिल्लो चौबीस घण्टामा एकहजार १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।

संस्थागत आइइसोलेसनमा ७ हजार ७३१ र होम आइसोलेसनमा सातहजार २८७ रहेका छन् । सकृय सङ्क्रमितहरू १५ हजार ११७ रहेका छन् । क्वारेन्टिनमा ६ हजार ५३६ रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.