जापान

कानागावा नेपाली कम्युनिटीले नेपालीलाई खोप लगाउने

जापानको कानागावामा रहेका नेपालीहरुका लागि यहि सेप्टेम्बर १८ र १९ तारिक टोकियोको आजाबु ज्युबान स्टेशनमा कानागावा नेपाली कम्युनिटीले मिन्दान संस्थासंग मिलेर कोरोना बिरुद्धको खोप लगाउने ब्यवस्था गरेको छ ।

पहिलो खोप लगाएको एक महिनाभित्र दोस्रो मात्रा लगाइने छ । कम्युनिटीका अनुसार सेप्टेम्बर १८ मा पहिलो डोज खोप लगाउएकाले अक्टोबरको १६ मा र सेप्टेम्बर १९ मा पहिलो डोज खोप लगाएकाले अक्टोबरको १७ तारिकमा दोश्रो डोज लगाउन मिल्नेछ ।

खानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटा अध्यक्षका अनुसार टोक्यो तो मिनातो कु मिनामी अजाबु १-७-३२ खानकोकु मिनदान च्युओ खाईखानमा हुने खोप कार्यक्रममा वार्ड वा नगरबाट आएको कोरोनाको खोपको टिकट र रेसिडेण्ट कार्ड लिएर आउनुपर्ने छ ।

अन्य आवश्यक जानकारी दिइएको लिंकको पेजमा अपडेट गरिने बताइएको छ । सहभागि हुन चाहनेहरूले तलकाे लिंकमा जानुहाेला।

https://docs.google.com/forms/d/e/1FAIpQLSccPHOrOIFXXQL9rttUG51Jm2qDAq6fIjn077cHZ_cOnQlAcA/viewform

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.