प्रदेशमधेश

‘विकासका नाममा प्रकृति विनाश हुन दिनुहुँदैन’

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताउँदै विकासका नाममा प्रकृति विनाश गर्न नहुने बताउनु भएको छ ।

जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१/२२ सार्वजनिकीकरण कार्यक्रममा उहाँले विश्व जगत् विकासमा फड्को मार्दै गए पनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय हो भन्नुभयो ।

प्रत्येक आठ जनामा एक जना मानसिक तनावमा रहेको तथ्याङ्क प्रतिवेदनले प्रष्ट्याएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले विकास निर्माणका नाममा प्रकृति विनाशको क्रम बढेको हुनाले यसलाई रोक्नु अपरिहार्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “भौतिक विकासमात्रै विकास होइन,समाजिक रुपान्तरण र पर्यावरण संरक्षणसहितको विकाको मूल लक्ष्य हुनुपर्छ ।” मानव विकास प्रतिवेदनले औँल्याएका विषयवस्तु सरकारलाई अगामी नीति निर्माणमा सहायक हुने उहाँको भनाइ थियो ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको अध्यक्षतामा भएको कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, मधेस कृषि विश्वविद्यालयका रजिष्ट्रार डा भगवान् ठाकुर, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.