जापान

टोकियोमा स्याडोज् व्याण्डको लाईभ कन्सर्ट हुँदै

चन्द्र-सूर्य इभेन्ट्स इन्टरनेशनलको आयोजनामा टोकियोमा, नेपालको ख्यातिप्राप्त हार्ड रक ब्यान्ड “द स्याडोज् नेपाल” को लाईभ कन्सर्ट हुने भएको छ।

१५ सय क्षमताको टोकियोको चर्चित लाईभ कन्सर्ट स्थल गार्डेन सिनकिवा फ्याक्ट्रीको हलमा अक्टोवर एक तारिक शनिबार हुने कन्र्सटमा अत्याधुनिक साउण्ड सिस्टमको प्रयोग हुने कार्यक्रम संयोजक दीपेश श्रेष्ठले जानकारी दिनुभयो।

युवा पुस्तामा जनचेतनामूलक गीतहरु पस्किदै आएको स्याडोज् ब्यान्ड र यसको सांगीतिक शैलीलाई नेपालमा सर्वाधिक मन पराइन्छ।

आफ्ना वहुचर्चित गीतहरुसंगै जापान टुरमा आउन लागेको व्याण्डले पहिलो कन्सर्ट टोकियोमा गर्न लागेको हो । टोकियोपछि जापानका विभिन्न शहरमा उनीहरुले लाईभ कन्सर्ट गर्ने बताइएको छ ।

“हिंड्ने मान्छे लड्छ”, “बुद्ध नेपालको”, “प्रकृती”, “वलात्कारीलाई फाशी दे”, “के पाइस् नेपाली केरा ” आदि गीत स्याडोज्का अत्याधिक मन पराइएकामध्ये पर्छन ।

कन्सर्टको टिकट बुकिङ खुल्ला भएको जानकारी दिंदै आयोजक समितिका अनिस श्रेष्ठले समयमै टिकट लिएर ढुक्क हुन सबैमा अनुरोध गर्नुभएको छ । कार्यक्रममा जापानका स्थानीय व्याण्ड सहित स्याडोजले करिव तीन घण्टा मनोरन्जन प्रदान गर्नेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.