राजनीति

पौडेलको अभिव्यक्तिको बिरोधमा पानी बन्द गरिएपछि…

गत शुक्रबार शुक्रबार तनहुँको दमौलीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुणादीको पानीका विषयमा बोलेपछि स्थानीयवासीले दमौली आउने पानीको मुहान बन्द गरिदिए ।

दमौलीमा पानी बन्द भएपछि नेता पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताउँदै गुणादीवासीको भावनामा ठेस पुगेकामा क्षमायाचना गर्नुभएको छ ।

तनहुँको म्याग्दे–१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी आफ्नो भनाइलाई विभिन्न माध्यमबाट तर्कसहितका व्याख्यासहित प्रेसित भएको पनि बताउनुभएको छ ।

वरिष्ठ नेता पौडेलले एकआपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह गर्दै नाताको स्वास्थ्य र जनताको हित विपरीत कुनै काम गर्नु राम्रो नभएको बताउँदै त्यसतर्फ ध्यान पुर्याउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.