जन सरोकार

तेजाव प्रहार गर्नेबिरुद्ध कडा कानुन ल्याउन लागेकोमा अमिताभबाट प्रशंसा

नेपालमा तेजाब प्रहारबाट क्षतविक्षत भएका युवतीहरुको पक्षमा लागेर उनीहरुको उपचार, पुनःस्थापना तथा आक्रमणकारी बिरुद्ध कडा कानुनको माग गर्दैआएका अभियानकर्मी उज्जवलविक्रम थापाको अभियानले सार्थकता पाएपछि हिन्दी चलचित्रका महानायक अमिताभ बच्चाले स्वागत गरेका छन् ।

केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा तेजाब पीडित युवतीसहित थापासंगको छलफलपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट तेजाब आक्रमण गर्नेबिरुद्ध कडा कानुन ल्याउन निर्देशन दिइसकेको जानकारी दिनुभएका थियो ।

अमिताभले आफूले पढेकै कलेजका पूर्व विद्यार्थी थापाको प्रशंसा गर्दै सोमबार ट्वीट गर्दै अभियन्ता थापा तथा नेपालले ल्याउन लागेको नयाँ कानुनको प्रशंसा गरेका हुन् ।

अभिनेता बच्चनले ट्वीटमा लेखेका छन्- ‘उज्जवल थापा१ स्याबास शेरउडियन। एसिड पीडितहरूको मुद्दामा तिम्रो कडा मेहनतले मूल्य चुकाएको छ, तिमीले शेरउड कलेजलाई मात्र नभइ राष्ट्र नेपाललाई पनि गर्व बनाएका छौं । धेरैधेरै बधाइ, राम्रो काम गरिरहनू’ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.