जापान

गलकोट समाज जापानको अध्यक्षमा कालिका थापा

गलकोट समाज जापानमाम नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न समाजको सातौ अधिवेशनले कालिका थापाको अध्यक्षमा ३९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नागोयामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा रत्नसिंह बस्नेत, राजेन्द्र श्रेष्ठ, डिला गैरे, शिबु थापा, लोकेश खत्री, रामप्रसाद गैरे, अम्मर भण्डारी, गोविन्द खड्का, जीवन गैरे र महिला उपाध्यक्ष चन्द्रकुमारी केसी अधिकारी चयन हुनुभएको छ ।

समाजको महासचिवमा लक्ष्मण कार्की, सचिवहरुमा गौरी सापकोटा, डिलाराम निउरे र युवराज गौतम, कोषाध्यक्षमा डिलबहादुर थापा रामु, सह कोषाध्यक्षमा भेषनाथ गौतम, गंगा घर्ती मगर र रमेशकुमार खत्री, युवा संयोजकमा मनोज केसी महिला संयोजकमा पवि अधिकारी चयन हुनुभएको छ ।

यसै गरी सदस्यहरुमा दिलिप कँडेल, खगराज गौतम, प्रकाश गैरे, राजा खत्री, राम थापा काजी, गीता बस्नेत, भिम श्रीस, दुर्गा थापा, आनन्द थापा, रेशम सुनार, कुलबिर थापा, विपिन केसी, प्रकाश केसी, रामबहादुर खत्री, दयाराम कंडेल, सोमनाथ चालिसे, विशाल केसी, विरबहादुर खत्री र डम्मर पुन चुनिनुभएको छ ।

अधिवेशनमा महासचिव नवीन निउर र कोषाध्यक्ष डिला गैरेले गत कार्यकालको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

समाजका अध्यक्ष यम खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव नवीन निउरे र सचिव लक्ष्मण कार्कीले गर्नुभएको थियो ।

त्यसै गरी घोषणा सभाको अध्यक्षता संयोजक मोहन खत्री र संचालन निर्वाचन समितिका सदस्य सचिव भवानी पन्तबाट भएको कार्यक्रममा विभिन्न संघसस्थाका पदाधिकारीहरुले मन्तव्य राखेका थिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.