राजनीति

चोलेन्द्रले पोलेका नेताहरुलाई समितिको सफाई न्यायाधीशहरुसंग सोधपुछ हुने

महाअभियोगका क्रममा आफ्नो सफाई दिंदै निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर चोलेन्द्र शमशेर जबराले आरोपित गर्नुभएका  न्यायाधीश लगायतलाई महाअभियोग सिफारिस समितिले सोधपुछ गर्ने भएको छ ।

समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले वयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।

“निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको वयानका क्रममा नाम जोडिएर आएका नाम सङ्कलन गरी बोलाउछौँ”–उहाँले भन्नुभयो, “वयानमा नाम जोडिएर आएका वहालवाला न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई पत्राचार गर्ने निर्णय भएको छ ।”

समितिको अर्को वैठक बिहीबार बिहान ८ः३० मा बस्ने छ । निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मङ्गलबार सकिएको छ । समितिले यही भदौ ८ गते वयान लिने निर्णय गरी भदौ १६ गतेदेखि वयान लिन सुरु गरेको थियो भने हिजो पाचौँ दिन पहिलो चरणको वयान सकिएको थियो ।

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेत समेटिएको छ ।

समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र वयानका क्रममा आएका व्यक्तिहरूसँग पुनः सवाल जवाफ गर्ने समितिको तयारी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.