राजनीति

असोज ५ गतेदेखि लामो दूरीका यातायात र हवाई सेवा संचालन गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको भए पनि यसको विस्तृत जानकारी दिइएको छैन ।

एक मन्त्रीले दिएको जानकारी अनुसार स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ छ । यसबारेमा थप प्रष्ट्याउने काम हुन्छ

यसअघि यातायात व्यवस्था विभागले स्वास्थ्य मन्त्रालय, यातायात व्यवसायी तथा मजदुर संगठनसँग छलफल गरेर सुरक्षा मापदण्ड अपनाएर यातायात संचालन गर्न सकिने प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको थियो ।

विभागले स्वास्थ्य मापदण्ड पालना गर्दै निर्धारित मापदण्ड बनाएर सार्वजनिक यातायात संचालन गर्न सकिने प्रतिवेदन मन्त्रालयमा पठाएको थियो ।

विभागका महानिर्देशक गोगन बहादुर हमालले व्यवसायीहरुले सुरक्षा मापदण्ड अनुसार सार्वजनिक यातायात संचालन हुने सक्ने भनेर प्रतिवेदन पठाएको र बिषयमा स्वास्थ्य मन्त्रालयसँग समेत छलफल भइसकेको बताउनुभएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले अब पनि यातायात संचालन नहुँदा लाखौ परिवार चल्नै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले सरकारसँग कि काम कि माम चाहियो भनेर पटक पटक भनिरहेको बताउनुभयो ।

लकडाउनको समयमा यातायात क्षेत्रबाट जीविकोपार्जन गर्ने ४५ लाख जनसंख्या प्रभावित भएको दाबी महासंघको छ । चैत्र ११ गतेदेखिको लकडाउन तथा निषेधाज्ञाको कारण सार्वजनिक यातायात सञ्चालनमा आउन नसक्दा ४५ लाख जनशक्ति संकटमा परेको महासंघले बताउँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.