जापान

मिराई लाइफ- जापानमा नेपाली तथा अन्य विदेशीलाई सुलभ र छरितो वीमा सेवा

जापानबासी नेपाली तथा अन्य विदेशीहरुको स्वास्थ्य तथा जीवन सुरक्षालाई केन्द्रित गरी मिलाई लाइफले वीमा सेवा सुरु गरेको छ । विशेष गरी नेपालीहरुको सुविधालाई ध्यानमा राखेर सुरु गरिएको वीमा सेवा जापान सरकारबाट इजाजत प्राप्त विदेशीका लागि भनेर खुलेको पहिलो वीमा कम्पनी हो ।

वीमा योजना जापानमा बस्ने नेपाली र विदेशीको जीवनशैलीलाई मिल्ने गरी बनाइएको छ । मोबाइल एप तथा वेभसाइटबाटै फाराम भर्न सकिने सुविधाका साथ नेपालीहरुका लागि सबै जानकारी नेपाली भाषामा नै उपलब्ध रहेको छ ।

जापानबासी नेपालीहरुको स्वास्थ्य तथा जीवन बीमा गर्न ऐतिहासिक सम्झौता (फोटोहरुसहित)

कम्पनीले दिएको जानकारी अनुसार विशेष सहुलियत हुने गरी न्यून शुल्क तिरेर वीमा योजनामा सामेल हुन सकिने छ भने सूचीकरण हुने प्रक्रियालाई अझ सहज बनाउँदै वेभ र मोबाइल एपबाट नै फाराम भर्न मिल्ने व्यवस्था गरिएको छ ।

त्यसै गरी एउटै योजनामा स्वास्थ्य, जीवन र यात्रा वीमा (तेस्रो मुलुक यात्रा)को व्यवस्था गरिएको छ भने छोटो समयका लागि (जुनसुकै भिसामा) जापान पुगेकाहरुका लागि पनि छोटै समयको सम्झौता गरी वीमा योजनामा सामेल हुन सकिने छ ।

वेभ साइटबाटै वीमा फारम भर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.