जापानमा सय वर्ष उमेर भएकाहरुको संख्या ८० हजार, ७० हजारभन्दा बढी महिला
संसारमै सबैभन्दा धेरै वृद्धवृद्धा रहेको देश जापानमा एक सय वर्षभन्दा बढी उमेर भएका वृद्धवृद्धाका संख्या मात्रै ८० हजारभन्दा बढी रहेको एक सर्वेक्षणले देखाएको छ । सय वर्ष उमेर पार गरेकाहरुमा ७० हजारभन्दा बढी महिला छन् ।
स्वास्थ्य एवं कल्याण मन्त्रालयको एक सर्वेक्षण अनुसार १५ सेप्टेम्बर, २०२० मंगलबारसम्म एक सय वर्षभन्दा बढी उमेरका व्यक्तिहरुको संख्या ८० हजार ४ सय ५० रहेको छ । सय वर्षयो संख्या अघिल्लो वर्षको तुलनामा ९ हजार १ सय ७६ ले बढी हो । यो संख्या वार्षिक वृद्धिका आधारमा ५० वर्षमै सबभन्दी रहेको एनएचकेको समाचारमा जनाइएको छ ।
समाचार अनुसार सय वर्ष पार गरेका वृद्धवृद्धाहरुमा ८८ प्रतिशत अर्थात् ७० हजार ९ सय ७५ महिला छन् भने १२ प्रतिशत अर्थात् ९ हजार ४ सय ७५ जना मात्र पुरुष रहेका छन् ।
स्मरणीय के छ भने सन् १९६३ मा जापानमा सय वर्ष उमेर पार गरेकाहरुको संख्या जम्मा १ सय ५३ थियो भने १९९८ मा पहिलोपटक यो संख्या १० हजारभन्दा बढी रहेको थियो । हाल रहेका सय वर्षभन्दा बढी उमेरका मानिसहरु सबैभन्दा बढी शिमाने प्रान्ता रहेका छन् ।
जापानमा सबभन्दा वृद्ध व्यक्ति १ सय १७ वर्षीय काने तानाका फुकुओका शहरको एक स्याहार केन्द्रमा रहेकी छिन् । उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले विश्वको सबभन्दा वृद्ध मानिसमा सूचीकृत गरेको छ । त्यसै गरी जापानकाा सबभन्दा वृद्ध पुरुष मिकोजो उएदा रहेका छन्, जसको उमेर १ सय १० वर्ष छ ।
प्रतिक्रिया राख्नुहोस्