राजनीति

शम्भु थापादेखि हरिहर दाहालसम्मलाई महाभियोग सिफारिस समितिको पत्र

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयानका क्रममा आएका नाम बोलाउने क्रममा महाअभियोग सिफारिस समितिले बारका वरिष्ठ अधिवक्ता तथा अधिवक्तालाई पनि बोलाएको छ ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेल, बारका पूर्वध्यक्षहरु शम्भु थापा र हरिहर दाहाललाई व्यक्तिगतरुपमा बोलाएको छ ।

सर्वोच्च बार एशोसिएनका अध्यक्ष पूर्णमान शाक्य, पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याललाई पनि अनुसन्धानका लागि बोलाएको हो ।

“समितिले बारमा पत्र पठाएको थियो, हामीले तुरुन्तै व्यक्तिगतरुपमा आएको हुनाले सबैलाई पुर्याउने काम गर्यो”, नेपाल बार एसोसिएशनका अध्यक्ष घिमिरेले भन्नुभयो ।

उहाँले भन्नुभयो, “वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बोलाउन मिल्छ तर समितिले नेपालको संविधान र शक्तिपृथकीकरणको सिद्धान्तअनुसार सर्वोच्च अदालतका बहालवाला न्यायाधीशलाई बोलाउन मिल्दैन ।”

सर्वोच्च अदालतको बुधबार बसेको बसेको पूर्ण बैठकले नेपालको संविधान र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार बहालवाला न्यायाधीश जान नमिल्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.